Skip to content

सन नेपाल लाइफद्वारा लाभांश घोषणा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २ सय ११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यसका साथै इन्स्योरेन्सले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको २७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने पनि घोषणा गरेको छ।

फागुन ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात लाभांश वितरण र हकप्रद सेयर निष्कासन गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T