Skip to content

मंगलबार नेप्से ९ अंकले बढ्यो, कारोबार १ अर्ब ८६ करोड

nabil bank

काठमाडौं । नेप्से परिसूचक मंगलबार ९.३४ अंक बढेर २००१.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।

नेप्से बढे पनि भोल्यूम भने कमजोर नै रहेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ४० हजार ८६८ पटकको कारोबारमा १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको ५२ लाख ३३ हजार कित्ता सेयर कारोबार भएको छ।

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पछिल्ला दिनहरुमा दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बलाजु) र सोमबार घटेको बिपिडब्लु लघुवित्तको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

१३ उपसमूहमध्ये  ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यस्तै,  व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने  वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi