Skip to content

धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

nabil bank

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि सरकारले दर्खास्त आह्वान गरेको छ। एक सूचनामार्फत सरकारले बुधबार बोर्डमा अध्यक्ष नियुक्तको प्रक्रिया स्वरूप दर्खास्त आह्वान गरेको हो।

बोर्डको अध्यक्षमा दर्खास्त दिन ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ। योग्य नेपाली नागरिकले यही फागुन ३० गतेसम्म दर्खास्त दिनसक्ने सूचनामा उल्लेख छ। मंगलबार सरकारले बोर्डको अध्यक्ष नियुक्तिका लागि कार्यविधि बनाएको थियो।

समितिले तयार पारेको कार्यविधि अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्बद्ध विभिन्न क्षेत्रमा कम्तिमा सात बर्षको पेसागत अनुभव र स्नातकोत्तर उतिर्ण भएको हुनुपर्नेछ । बाणिज्य, कानुन, धितोपत्र बजार र ब्यवस्थापन,पुँजी बजार विकास, आर्थिक, बित्तीय क्षेत्रमा अनुभव हुनेले आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi