काठमाडौं । होन्डाले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनीअन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा एक अफर सार्वजनिक गरेको छ । जसअनुसार होन्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ ।
जसअन्तर्गत कम्पनीले २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्री, एक आर्थिक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुटसहित ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ ।
यो अफर मिति २०८०र१२र१ गते बाट लागु गरिएको छ भने उक्त्त अफर २०८१ साल वैशाख ३१ गते सम्मका लागि हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्