Skip to content

सेभ द चिल्ड्रेन र रतौली युवा क्लबद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

nabil
global ime

महोत्तरी । महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

मटिहानी नगरपालिका, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा बिहीबार आगलागीपीडित दुई सय २१ बालबालिकालाई कापी, कलम, पोशाक, झोलासहित १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।

बालविकासदेखि कक्षा पाँचसम्मका ७६ जना बालक र ८३ जना बालिका तथा कक्षा छ देखि १२ सम्मका ३२ बालक र ३० बालिकासहित दुई सय २१ जनालाई रकम रु तीन लाख ७१ ह्जार पाँच सयभन्दा बढीका शैक्षिक सामग्री वितरण गरिएका नगरप्रमुख हरि मण्डलले जानकारी दिए। उनले सहयोगका लागि सेभ द चिल्ड्रेन र क्लबलाई धन्यावाद दिँदै शैक्षिक सामग्रीहरूले तत्कालको अभाव पूर्तिभएका र यसले बालबालिकाको शैक्षिक गुणस्तरमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कक्षा ४ मा अध्यनरत १२ वर्षीया बालिका लक्ष्मिनियाँले आगलागीपछि आफ्ना सबै शैक्षिक सामग्री जलेको अवस्थामा सहयोग पाएपछि धेरै राहत मिलेको बताए । ‘आगलागीबाट सबै किताब कापी जलेरका थिए । त्यसयता पढ्न पनि पाएको थिएन, आज किताब, कापी, कलम, ब्याग, पोसाक तथा झोलालगायतका सामान पाएपछि धेरै खुसी लागेको छ । अब निरन्तर विद्यालय गएर मन लगाएर पढ्ने छु’, बालिका लक्ष्मिनियाँले खुसी हुँदै भने ।

गत वैशाख १२ गते नगरपालिकाको वडा नं ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेका थिए । आगलागीबाट ती परिवारका पाँच सय ७० भन्दा बढी सदस्य प्रभावित भएका छन् । जसमध्ये २० वर्ष मुनिका तीन सय ७१ जना बालबालिकाहरू छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीको निर्णयअनुसार सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवम् रतौली युवा क्लबको समन्वयमा गत वैशाख १४ गते आगलागी प्रभावित एक सय तीन परिवारलाई शेल्टर किट, डिग्निटी किट, सरसफाई सामग्री, भान्सा घरमा प्रयोग हुने भाडाकुडाका साथै पाँच वर्षमुनिका बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको सेभ द चिल्ड्रेनका मिडिया तथा सञ्चार संयोजक रचना श्रेष्ठले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T