Skip to content

टुँडिखेलमा यसरी मनाइयो ७५ औं प्रजातन्त्र दिवस

काठमाडौं । बुधबार टुँडिखेलमा विशेष समारोह गरी सरकारले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ।

उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो। समारोहमा स्वतन्त्रताको प्रतीक परेवा उडाइएको थियो।

सो समारोहमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेका थिए भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ।

सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T