Skip to content

स्किल सेवाद्वारा ‘राष्ट्रिय घर निर्माण महोत्सव’ फागुन १५ देखि सुरु

nabil
global ime

काठमाडौं । नेपालमा पहिलोपटक स्किल सेवाले राष्ट्रिय घर निर्माण फेस्ट– २०८१ (महोत्सव) आयोजना गर्ने भएको छ ।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यान्क्वेटमा १५, १६ र १७ गते फागुनसम्म सञ्चालन हुने महोत्सवमा करिब पाँच हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा आयोजक कम्पनीको रहेको छ ।

नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छतमुनि समेटेर प्रदान गर्ने उद्देश्यका साथ महोत्सव आयोजना हुन लागेको आयोजकको भनाइ छ।

महोत्सवमा निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिबारे चर्चा हुने विश्वास आयोजक कम्पनीको छ । स्किल सेवाका अनुसार महोत्सवको प्रमुख उद्देश्य नागरिकलाई घर निर्माण सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउने भएको छ ।

महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी हुनेछन् जसमा विभिन्न निर्माण सम्बन्धित कम्पनीहरु र बैंकको स्टल पनि रहने कम्पनीले जनाएको छ ।

महोत्सवले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीनतम अवधारणाहरूलाई व्यवहारमा उतार्न सहयोग पुर्‍याउने अपेक्षा आयोजकको छ ।

सो कम्पनीका अनुसार कार्यक्रममार्फत कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने उयायहरूको बारेमा बताउने छ जसमा कस्तो खालको सिमेन्ट, इँटा, डन्डी, ग्लास, टाएल्स् प्रयोग गर्नेबारे पनि सिकाउने छ ।

साथै लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निर्माण अवधिदेखि फ्लोलिङ र समापनसम्मको स्टेप–बाइ–स्टेप जानकारी गराइने आयोजकले जनाएको छ । प्रदर्शनीमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुति हुने छन् ।

यसका अतिरिक्त, लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर गरिने छन् जसले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष रमेश तिमिल्सिनाले महोत्सवबाट लाभलिन सरोकार पक्षसँग आग्रह गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T