Skip to content

मोबाइल वालेट नेपाल पेटाइमको इजाजतपत्र खारेज

काठमाडौं । मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज भएको छ । भुक्तानी सेवा प्रदायकको रुपमा २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजतपत्र लिएको यो वालेटले लामो समयदेखि सेवा बन्द गरेको, वालेटको एप प्ले स्टोरमा नभेटिएको संस्थागत सुशासनमा कमजोर रहेको भन्दै यसको इजाजतपत्र राष्ट्र बैंकले खारेज गरिदिएको हो ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गरेर ग्राहकसँगको लेनदेन ३० दिनभित्र मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएका व्यवहोरासहितको सूचना सार्वजनिक गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T