Skip to content

अवैध सुनचाँदी कारोबारमा ४ भारतीय नागरिक पक्राउ

काठमाडौं। साढे ५ किलो चाँदी र १० लाख नगदसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–२४ स्थित एक घरमा अवैध रूपमा सुनचाँदीको कारोबार गरी रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत घर भई काठमाडौं महानगरपालिका–२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड,२९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेती छन्।

प्रहरीले उनीहरूको साथबाट २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम सुन,५ किलो ६ सय ग्राम चाँदी र नगद १० लाख ७५ हजार रूपैयाँ बरामद गरेको छ। पक्राउ परेका उनीहरुलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T