काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका चैत २६ गतेदेखि आईपीओ निष्कासन गरेको छ । उक्त आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँबराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ९४ हजार कित्ता श्रम स्वीकृति लिएर वैदेहिम रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी सकेको छ । त्यस्तै सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १८ हजार ८०० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारणका लागि ७ करोड ८० लाख २० हजार रुपैयाँको ७ लाख ८० हजार २०० कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।












प्रतिक्रिया दिनुहोस्