Skip to content

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, आजदेखि लागू हुने 

nabil bank

काठमाडौं । सरकारले पुनः सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो।

अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको विभागले जनाएको छ । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ ।अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोही अनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi