Skip to content

गण्डकी प्रदेशमा डिजिटल बैंकिङ प्रयोग उल्लेख्य बढ्यो, एक बैंक शाखाले दिन्छन् करिब १८ सयलाई सेवा

सेवा क्षेत्रको दबदबा, वित्तीय पहुँचमा उल्लेख्य सुधार, औद्योगिक तथा उत्पादनमूलक क्षेत्रको योगदान कमजोर

पोखरा । गण्डकी प्रदेशको समग्र आर्थिक तथा वित्तीय अवस्था पछिल्ला वर्षहरूमा क्रमश: सुदृढ बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार आर्थिक वृद्धि, बैंकिङ पहुँच विस्तार, डिजिटल कारोबार वृद्धि र पूँजीगत खर्चको उच्च हिस्साले प्रदेशको अर्थतन्त्र विस्तारको दिशामा अघि बढेको संकेत गरेको छ ।

प्रदेशको कुल गार्हस्थ उत्पादन करिब ५४८ अर्ब रुपैयाँ अनुमान गरिएको छ । जसमा प्रदेशको राष्ट्रिय अर्थतन्त्रमा ८.९७ प्रतिशत हिस्सा छ।

आर्थिक वृद्धि दर ५.५१ प्रतिशत पुगेको छ भने प्रति व्यक्ति आय १,६१९ अमेरिकी डलर रहेको छ।

सेवा क्षेत्रको योगदान ५५.८ प्रतिशत हिस्सा ओगटेको छ। प्राथमिक क्षेत्र २७.८ प्रतिशत र द्वितीय ९औद्योगिक० क्षेत्र १६।४ प्रतिशत योगदानमा सीमित रहेको छ।

प्रदेशमा बैंक तथा वित्तीय संस्थाका १,३९२ शाखा सञ्चालनमा छन्। यसमध्ये वाणिज्य बैंकका ६०६, विकास बैंकका १८९, वित्त कम्पनीका ३६ र लघुवित्त संस्थाका ५६१ शाखा रहेका छन्।

एक शाखाले औषतमा १ हजार ७७२ जनसंख्यालाई सेवा दिइरहेका छन् । जसले वित्तीय पहुँच विस्तार हुँदै गएको देखाएको छ ।

डिजिटल बैंकिङ प्रयोग उल्लेख्य रूपमा बढेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या ३ करोड १५ लाख ८७२ पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ता २ लाख ९६ हजार ७५९ रहेका छन्। त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ता १३ लाख ४५ हजार ६३८ र क्रेडिट कार्ड प्रयोगकर्ता २१ हजार ८५९ पुगेका छन्।

पुस मसान्तसम्म प्रदेशमा कुल निक्षेप ६६१.९० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३६२.८२ अर्ब रुपैयाँ रहेको छ।

सहुलियतपूर्ण कर्जा ५.६१ अर्ब रुपैयाँ रहेको छ । जसले साना तथा मझौला उद्यमलाई सहयोग पुर्‍याएको छ ।  आर्थिक वर्ष २०८२/८३ का लागि गण्डकी प्रदेशको कुल बजेट ३,१९७.९९ करोड रुपैयाँ रहेको छ।

बजेट संरचनामा पूँजीगत खर्च ५९.७० प्रतिशत, चालु खर्च ३९.५० प्रतिशत र वित्तीय व्यवस्थापन ०.८० प्रतिशत रहेको छ।

राजस्व १,७९९.६४ करोड रुपैयाँ, अनुदान १,२२३.३६ करोड रुपैयाँ र आन्तरिक ऋण १७५ करोड रुपैयाँ रहने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारको कुल खर्च २,२९२.०७ करोड रुपैयाँ पुगेको छ। यसमध्ये पूँजीगत खर्च १,४९९.३३ करोड रुपैयाँ र चालु खर्च ७९२.७५ करोड रुपैयाँ रहेको छ।

स्रोत व्यवस्थापनमा राजस्व ५६.२७ प्रतिशत, अनुदान ३८.२५ प्रतिशत र आन्तरिक ऋण ५.४८ प्रतिशत रहेको छ।
पुस मसान्तसम्म गरेको अध्ययनले समग्रमा गण्डकी प्रदेशको अर्थतन्त्र सेवा क्षेत्रमा आधारित हुँदै विस्तार भइरहेको देखाएको छ । बैंकिङ पहुँच विस्तार, डिजिटल कारोबार वृद्धि र पूँजीगत खर्चमा जोड सकारात्मक संकेत देखिएको छ ।

तर औद्योगिक तथा उत्पादनमूलक क्षेत्रको योगदान अझै कमजोर रहेकाले दीर्घकालीन आर्थिक सुदृढताका लागि त्यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता देखिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T