Skip to content

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा पदभार ग्रहण, यस्ता छन् प्राथमिकता (भिडियोसहित)

nabil bank

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन कुमार डाँगीले आगामी दिनमा संस्थाको साख बृद्धि गरेर अघी बढ्ने बताएका छन् ।

उनले आज पदभार ग्रहण गर्दै आफ्नो कार्यकालमा उर्जा उद्यमीहरुको समस्यालाई समाधान गर्दै जाने बताए । उनले आफ्नो कार्यकालमा इप्पान भिजन २०२९ कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

ती प्रतिबद्धतालाई पुरा गर्न सूची बनाउने र त्यसलाई कार्य समितिले पास गरेर कार्यान्यवन चरणमा लैजाने बताए ।

पछिल्ला समय अलिकति सहकार्यले र छलफलले काम गर्ने भनेर अ यही बिचमा चाहिँ फेरी १३ सय जनजन मेगावाटका आयोजनाहरु चाहिँ खारेज गर्ने भनेर पनि कुरा आउदै छन्।

प्रवर्धकहरुले आयोजनाको सर्वेक्षणदेखि निर्माण सम्पन्न गरे पश्चातपनि विभिन्न समस्या भोग्नु परेको स्मरण गर्दै ती समस्या समाधानमा पहल गर्ने बताए । साथै उनले सोलारका बिषयलाई पनि सँगै लिएर जाने उल्लेख गरे ।

सरकारले विद्युत ऐन ल्याउन लागेको र त्यसलाई पनि प्रवर्धक मैत्री बनाउन पहल गर्ने उल्लेख गरे । अहिले दुई तिहाइको सरकार रहेको र सरकारसँग मिलेर प्रवर्धकका हितमा काम गर्दै जाने बताए ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष डाँगीले अधिवेशनको समयमा साथीहरु फरक कित्तामा देखिए पनि साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन भएपछि अहिले समग्र ऊर्जा क्षेत्र एक ढिक्का भएर अघि बढेको विश्वास व्यक्त गरे ।

‘चुनावको बेला जे भयो, सकियो । अब हामी एक ढिक्का भएर काम गर्नेछौ । सबै जना एक ठाउँमा हुनु अवसर र चुनौती दुवै हो । कार्यसमितिमा आउनुभएका सबै साथीहरुलाई पूर्ण अधिकार सहित विभिन्न जिम्मेवारी दिएर कार्यविभाजन गरेर काम गर्नेछौं ।’ अध्यक्ष डाँगीले भने ।

यस अघिका तीनवटा कार्यसमितिमा बसेर काम गरिसकेका डाँगी चौथो कार्यकालमा आफै अध्यक्ष बनेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi