काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिबाट राजीनामा दिएका छन् ।
अध्यक्ष नियुक्ती गर्नका लागि योजना आयोगबाट सम्बन्धीत क्षेत्र हेर्ने सदस्य संयोजक हुने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार भट्ट समितिको संयोजक थिए । संयोजकबाट उनले राजीनामा दिएका छन् । बोर्डको अध्यक्षका लागि उनको दाई (काका छोरा) डा गोपाल भट्टले आवेदन दिएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् डा. गोपाल प्रसाद भट्टले आवेदन दिएपछि छनोट गर्दा स्वार्थ बाझिने भएर राजीनामा दिएको जनाएका छन् ।












प्रतिक्रिया दिनुहोस्