Skip to content

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम २ वर्ष यता कै कम

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ६.९४ अंकले बढेर परिसूचक २ हजार ७१८.१६ को बिन्दुमा कायम भएको हो ।

आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार सात कित्ता शेयर ४५ हजार ६५ पटक खरिद बिक्री हुँदा २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम करिब २ वर्ष यता कै कम हो ।

आज बैंकिङ समूहको उपसूचक ०.३३, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.२०, जीवन बिमा ०. ३०, लघुवित्त ०.३५, व्यापार १.५७ र अन्य समूह ०.८३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

कारोबारमा वित्त समूह ०.०८, लगानी ०.०७, उत्पादन तथा प्रशोधन ०.०८, म्युचुअल फन्ड ०.१६ र निर्जीवन बिमा ०.५६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १७ करोड ६८ लाख ३३ हजार ३६९ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख २६ हजार ६८२ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi