Skip to content

सेयर बजार घट्यो, कारोबार रकममा सुधार

काठमाडौं । बिहीबार सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा झरेको छ।

आज सेयर बजार घटेको भएता पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार २ अर्ब ८० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ। बाँकी १० उपसमूहको परिसूचक घटेको छ। आज जीवन बीमा, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ प्रतिशत घटेको छ।

आज यूनियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा आज हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima