Skip to content

प्राधिकरणलाई ६१ उद्योगसँग डेडिकेटेड, ट्रंक लाइनको २६ अर्ब ९५ करोड बक्यौता असुल्न मन्त्रालयको निर्देशन, ६ महिनामा थपियो पौने ९२ करोड (विवरणसहित)

nabil bank

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत प्राधिकरणलाई डेडिकेटेड फिडर/ट्रंक लाइनको विद्युत उपभोग गर्ने ६१ उपभोक्तालाई २६ अर्ब ९५ करोड ८ लाख ९६ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले प्राधिकरणलाई दिएको निर्देशन अनुसार २०८२ पुस मसान्तसम्मको बक्यौता २६ अर्ब ९५ करोड ८ लाख ८९ हजार ६०० रुपैयाँ पुगेको छ । प्राधिकरणका अनुसार ६ महिनाको अवधिमा बाँकी बक्यौता ९१ करोड ७६ लाख ६८ हजार ४२ रुपैयाँ बढेको छ ।

प्राधिकरण अनुसार २०८२ असार मसान्तसम्म २६ अर्ब ३ करोड ३२ लाख २१ हजार ५५८ रुपैयाँ रहेको थियो । यो रकम प्राधिकरणको कोशी प्रादेशीक कार्यालय विराटनगर, मधेश प्रादेशिक कार्यालय जनकपुर, बागमती प्रादेशिक कार्यालय काठमाडौं, लुम्बिनी प्रादेशिक कार्यालय बुटवल, लुम्बिनी प्रादेशिक डिभिजन कार्यालय नेपालगञ्जको रहेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi