Skip to content

इप्पानको अध्यक्षमा डाँगी, बरिष्ठमा भ्लोन, कोषाध्यक्षमा मतदान

nabil bank

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा मोहनकुमार डाँगी चयन भएका छन्।

संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ अनुसार वरिष्ठ उपाध्यक्ष डाँगी स्वत: अध्यक्ष भएका हुन् ।

इप्पानको २४औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भए । बलराम खतिवडाले उम्मेदवार फिर्ता लिएपछि उनी निर्विरोध चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध चयन भए ।

महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) र उपमहासचिवमा कविता पोखरेल निर्विरोध चयन भए ।

सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध चयन भए ।

कोषाध्यक्षका लागि मात्रै निर्वाचन भएको थियो । निर्वाचनमा भ्लोन प्यानलका शंकर बस्यालले २६७ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरे ।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध चयन भए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi