काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४ औ बार्षिक साधारण सभा एवं आठौ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा २५ नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्य समितिमध्ये डाँगी नेतृत्वमा कोषाध्यक्षबाहेक सर्वसहमतिमा २५ कार्य समिति चयन भएको हो । नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा बरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरुमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन् ।
बार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधान अनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी सात उपाध्यक्ष पुर्याइएको छ । यसैगरी महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरुमा सचिवहरुमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित भए । नयाँ संशोधित विधान अनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पोडेललाई थप गरी सात सचिव पुर्याइएको छ ।
यसैगरी कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् भने सदस्यहरुमा अनुप आचार्य, कदम केसी, जगदिश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन् । संशोधन विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू नु गरी स्थायी आमन्त्रित सदस्यको रुपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ ।
इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले इप्पानभित्र सबै अटाएर सर्वसहमत रुपमा अघि बढ्ने गरी नयाँ विधानको शंसोधन गरी सहमतिको आधारमा दुई उपाध्यक्ष, दुई सचिव र पाँच स्थायी आमन्त्रित सदस्यलाई मनोनयन गर्ने सहमति भएको जानकारी दिए ।
इप्पानले बार्षिक साधारणसभाबाट बरिष्ठ अध्यक्ष हुने इप्पानको विधान २०७८ लाई संशोधन गरी सबै पदहरुमा चुनाव गराउने गरी व्यवस्था गरेको छ तर अध्यक्षको हकमा एक कार्यकालमा कार्य समितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी विधानमा शंसोधन गरी ५ उपाध्यक्षलाई ७ पुर्याउने, ५ सचिवालाई ७ पुर्याउने र स्थायी आमन्त्रित सदस्यको रुपमा ५ जनालाई मनोयन गर्ने व्यवस्था गरिएको छ । यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ । इप्पानका अध्यक्ष कार्कीले इप्पानलाई बढी समावेशी र लोकतान्त्रिक अभ्यास गर्ने थलोको रुपमा विकास गर्ने गरी विधान शंसोधन गरिएको र पारित भएको जानकारी दिए । इप्पानको अध्यक्ष र बरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आवद्ध हुनु नहुने र कुनै समय भएमा त्यागेको प्रमाण पेश गर्नुपर्ने पनि संशोधित विधानमा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्