Skip to content

उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन: पूर्वअर्थमन्त्री खनाल

nabil
global ime

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो नभएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । “उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन” उनले फेसबुकमा लेखेका छन् ।

पछिल्लो समय सरकारले निजी क्षेत्रमाथी अन्धाधुन्ध रुपमा छापा मार्ने नाममा आतंक सृजना गर्ने गरेको छ । त्यसको चौतर्फी रुपमा आलोचना हुन थालेको छ ।
पूर्वमन्त्री खनालले समेत सरकारको यो गतिविधिलाई रुचाएका छैनन् ।
आजै सरकारले विराटनगरका उद्योगी बेनीगोपाल मुन्दडाको निवासमा प्रहरी अपरेसन गरेको थियो । ठूलो संख्यामा प्रहरी परिचालन गरेर गरिएको खानतलासीमा कुनै पनि गैरकानुनी सामग्री फेला परेन ।

विशेष सूचनाको आधारमा बिहानैदेखि मुन्दडा निवासमा पुगेको प्रहरी टोलीले घरको विस्तृत खानतलासी गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अपरेसनमा एक दर्जनभन्दा बढी प्रहरीका सवारीसाधन प्रयोग गरिएको थियो।

प्रहरीले करिब साढे चार घण्टासम्म मुन्दडा निवासमा खोजतलासी गरेको थियो। तर कुनै पनि शंकास्पद वा गैरकानुनी सामग्री फेला नपरेको प्रहरीले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङले विज्ञप्ति जारी गर्दै गैरकानुनी वस्तु लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरिएको जनाएको छ । विज्ञप्तिमा खोजतलासका क्रममा सूचनाअनुसारको कुनै पनि गैरकानुनी सामग्री फेला नपरेको उल्लेख गरिएको छ। यद्यपि, घटनासम्बन्धी अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima