Skip to content

सेयर बजार घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं । बिहीबार सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक बढेर बन्द भएको सेयर बजार मापक नेप्से परिसूचक आज १३.८२ अंक घटेर २६५४.१५ विन्दुमा झरेको छ।

सेयर बजार घटेको भएता पनि आज कारोबार रकम भने बढेको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको सेयरमूल्य यस दिन ५३ रुपैयाँ १० पैसा बढेर ४०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima