Skip to content

पाल्पा सिमेन्टले कमायो करिब ४ करोड नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड ९९ लाख ९२ हजार ६६६ रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशतले घटेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७५ लाख ४५ हजार ७७२ रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी भने बढेको छ। समीक्षा अवधिमा पाल्पा सिमेन्टले ४ अर्ब ७६ करोड ५९ लाख ३९ हजार ९६९ रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ११ करोड २० लाख ९७ हजार ७७९ रुपैयाँ थियो। यस आधारमा कम्पनीको सञ्चालन आम्दानी १५.९ प्रतिशतले बढेको छ।

आम्दानी बढे पनि सञ्चालन नाफामा भने गिरावट आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन नाफा ४२ करोड ९३ लाख ९७ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा ६८ करोड ६४ लाख ३३ हजार रुपैयाँ थियो। यसअनुसार सञ्चालन नाफा ३७.४५ प्रतिशतले घटेको हो।

त्यस्तै, कम्पनीको कुल नाफा ७७ करोड ३४ लाख ६६ हजार ३८५ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ८ करोड १७ लाख २५ हजार ६३ रुपैयाँ रहेको थियो। कुल नाफा पनि २३.२८ प्रतिशतले घटेको छ।

कम्पनीले केही समयअघि मात्रै प्राथमिक सेयर (आईपीओ) निष्कासन गरी दोस्रो बजारमा कारोबार सुरु गरेको छ। आईपीओपछि कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई कारोबार भइरहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) वार्षिक १ रुपैयाँ २३ पैसा रहेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १५ पैसा रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima