काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशनमा शोभा गौतम विजयी भएको छिन् । उनले ७५१ मत पाएर अध्यक्षमा विजयी भएकी हुन् । ७२ वर्षपछि संघले महिला नेतृत्व पाएको छ ।
यस्तै निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, उपाध्यक्षहरूमा सौगात थापा र मनोजकुमार श्रेष्ठ, तथा महासचिवमा सुदीप प्रधानाङ्ग विजयी भए।
काठमाडौं । पोखरा उद्योग वाणिज्य संघमा ७२ बर्षपछि महिलाको हातमा नेतृत्व पुगेको छ । अध्यक्षमा शोभा गौतम विजयी भएकी छिन् ।
संघको २० गतेदेखी सुरु भएको ३६ औँ महाधिवेशनपछि आइतबार सम्पन्न मतदानबाट उनी अध्यक्षमा विजयी भएकी हुन् ।
गौतमले ७५१ मत प्राप्त गरिन् । उनका निकटतम प्रत्याशी अर्जुन पोखरेलले ६३७ मत ल्याए भने उत्तममान बुद्धाचार्यले ६०१ र वलराम आचार्यले २५३ मत प्राप्त गरे ।
निर्वाचन समितिका संयोजक दामु अधिकारीका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा एक हजार ४८१ मत ल्याएर दीनेशचन्द्र बास्तोला विजयी भए । उनका प्रतिस्पर्धी टीकाराम सुवेदीले ७६० मत प्राप्त गरे ।
उद्योगतर्फको उपाध्यक्षमा सौगात थापा एक हजार २७१ मत ल्याएर विजयी भए । ललितबहादुर कुँबरले ९७३ मत पाए ।
वाणिज्यको तर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ एक हजार ६५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी भीम गौतमले ९१९ मत पाए ।
महासचिवमा सुदीप प्रधानाङ्ग एक हजार २०२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी तारानाथ ढुङ्गानाले एक हजार ४२ मत प्राप्त गरे ।
उपमहासचिवमा प्रदीप राजभण्डारीले एक हजार १५३ मत प्राप्त गरी विजयी भए । उनका प्रत्याशी यादपप्रसाद पोखरेलले ६५८ र रामचन्द्र तिमिल्सिनाले ४३३ मत पाए ।
कोषाध्यक्ष पदमा देवेन्द्र प्रजुले एक हजार ४३९ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ७७५ मत पाए ।
संघको कार्यसमिति सदस्य पदका लागि भएको मतदानमा दुर्गा बराल १७४८, अमृत पोखरेल १७३१, निर्मला चापागाई १५८०, गोविन्दबहादुर केसी १४७८, रामेश्वर अधिकारी १४७७, मनोहरि पौडेल १४७६, भानुभक्त अधिकारी १४५२, दीलिपकुमार श्रेष्ठ १४४७, रामप्रसाद कँडेल १४३५ र कमलबहादुर सुनार १४२४ मत ल्याएर विजयी भए ।
यसैगरी वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा एक औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध भए ।






प्रतिक्रिया दिनुहोस्