काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक प्रहार गरेका आन्द्रे रसेलले बलिङमा ४ विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो ।
विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । अन्तिम बलमा विकेट लिएका रसेलले जनकपुरका ४ ब्याटरलाई पवेलियन फर्काए ।
सुरुवाती दुई खेलमा पराजित भएको विराटनगरले त्यसपछि लगातार दुई जित निकाल्दै चार खेलबाट ४ अंक जोडेको छ । चार खेल खेलेको जनकपुरको यो दोस्रो हार हो । जनकपुरले पनि चार खेलबाट ४ अंक नै जोडेको छ ।









प्रतिक्रिया दिनुहोस्