Skip to content

उद्योग वाणिज्य महासंघको निर्वाचनमा ब्रोकर एसोशिएसनका पूर्वअध्यक्ष, अध्यक्षसहित ५ जना उम्मेदवार

nabil bank

काठमाडौं । यतिबेला निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघको निर्वाचनले बजार तातेको छ । चैत २९ र ३० गते हुने ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुँदैछ ।

महासंघमा निर्वाचनको चहलपहल बढिरहेको छ । यो निर्वाचनमा केही धितोपत्र दलाल व्यवसायीहरु पनि होमिएका छन् । निर्वाचनमा स्टक ब्रोकर एसोशिएसन अफ नेपालका पूर्वअध्यक्ष ३ जना, वर्तमान अध्यक्ष सागर ढकाल र ब्रोकर राजकुमार तिमल्सिना उम्मेदवार रहेका छन् ।

महासंघको निर्वाचनमा वस्तुगत तर्फबाट एसोशिएनका अध्यक्ष सागर ढकाल र  पूर्वअध्यक्ष धर्मराज सापकोट रहेका छन् । ढकाल महासंघमा नरेशलाल श्रेष्ठको प्यानल र सापकोटा शिव घिमिरे समूहबाटबाट निर्वाचनमा होमिएका छन् ।

महासंघको निर्वाचनमा ब्रोकर एसोशिएसन पूर्वअध्यक्ष प्रियराज रेग्मी पनि रहेका छन् । उनले एसोशिएटमा प्रवल जंग पाण्डे समूहबाट उम्मेदवारी दिएका छन् ।

आगामी निर्वाचनमा ज्योत्सना श्रेष्ठ समूहबाट एसोशिएटतर्फ भरत रानाभाट निर्वाचनमा होमिएका छन् । उनी एसोशिएसनका पूर्वअध्यक्ष समेत हुन् ।

यस्तै निर्वाचनमा एसोशिएसनका अर्का पूर्वअध्यक्ष धर्मराज सापकोट पनि होमिएका छन् । । उनी शिव घिमिरे समूहबाट एसोसिएट तर्फमा उम्मेदवार हुन् ।

निर्वाचनमा ब्रोकर राजकुमार तिमल्सिना पनि होमिएका छन् । उनी ज्योत्सना श्रेष्ठको समूहबाट एसोशिएट तर्फका उम्मेवार हुन् । आगामी निर्वाचनमा उम्मेदार बनेका ५ जना ब्रोकर मध्ये ३ जना एसोशिएट तर्फका उम्मेदवार रहेका छन् भने वस्तुगतमा २ जना छन् ।

सापकोटा अदुवा उत्पादक तथा व्यबसायी संघबाट उम्मेदवार बनेका हुन् । यस्तै ढकाल एसोशिएसनबाट उठेका हुन् ।

यस्तै एसोसिएट तर्फ तिमल्सिना भिजन सेक्युरिटी, रानाभाट कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, रेग्मी क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजबाट उम्मेदवार छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi