Skip to content

निर्यात व्यवसायी महासंघको बजेटमा ५ महले सुझावः अग्रिम आयकर १.५ प्रतिशतमात्र कायम गर्न माग

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटअघि निर्यात व्यवसायी महासंघ नेपालले सरकारलाई पाँच महले सुझाव पेश गरको छ। महासंघले विदेशी सेवा भुक्तानीमा लाग्दै आएको १५ प्रतिशत अग्रिम आयकर घटाएर १.५ प्रतिशत मात्र कायम गर्न माग गरेको हो।

महासंघले परामर्श, प्रदर्शनी स्टल, सर्टिफिकेसन तथा ल्याब परीक्षणजस्ता वैदेशिक सेवामा उच्च अग्रिम आयकरका कारण निर्यात प्रवर्द्धन खर्च बढेको जानकारी दिएको छ। अग्रिम आयकर तिरेपछि मात्र विदेशी विनिमय सुविधा पाइने व्यवस्थाले उद्योगी थप मारमा परेको महासंघको भनाइ छ।

यसैगरी, कार्गो फ्रेट फरवर्डरमार्फत ढुवानी गर्दा लाग्ने २.५ प्रतिशत अग्रिम आयकर पूर्ण रूपमा हटाउन पनि महासंघले माग गरेको छ। यसबाट निर्यात लागत घट्ने र निर्यात परिमाण बढ्ने अपेक्षा गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T