Skip to content

सरकारको बजेट समग्रमा सकारात्मक, कार्यान्वयन चुनौतीः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समग्रमा सकारात्मक देखिए बताएका छन् ।

उनका अनुसार निजी क्षेत्रका सुझावहरूलाई बजेटले केही हदसम्म सम्बोधन गरेको देखिन्छ। विशेषगरी कर नीतिमा सुधारको प्रयास गरिएको भन्दै उनले अन्तःशुल्क घटाउने, तथा २७३ वटा वस्तुमा भन्सार दरलाई एक तहमा सीमित गर्ने व्यवस्था सकारात्मक भएको बताए ।

यसैगरी, मध्यम वर्गका लागि करको दायरा १० लाख रुपैयाँसम्म विस्तार गरिएको, डिजिटल भुक्तानीमा १० प्रतिशत छुट दिने व्यवस्था ल्याइएको जस्ता कदमले आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनले बताए।

कृषि क्षेत्रतर्फ सरकारले २ करोड रुपैयाँसम्मको कृषि तथा पशुपन्छी व्यवसाय गर्ने उद्यमीलाई दुई वर्षमा १० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ। यसले अनुदानको दुरुपयोग नियन्त्रण गर्दै उत्पादनमुखी लगानी बढाउने अपेक्षा गरिएको छ।

यस्तै, कृषि बीमामा सरकारले ८० प्रतिशत प्रिमियम तिर्ने व्यवस्था पनि सकारात्मक भएको उनको भनाइ छ। पूर्वाधार क्षेत्रमा पनि उल्लेखनीय कार्यक्रमहरू समावेश गरिएको भन्दै उनले यसले लगानी आकर्षित गर्न सहयोग गर्ने बताए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi