Skip to content

प्रधानमन्त्री शाह महिला उद्यमीसँग भेट्दै, उद्यमशीलता प्रवर्द्धन र नीतिगत सुधार प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग आज भेट्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुने बताइएको छ ।

अबको केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने जनाइएको छ ।

​छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi