Skip to content
Prabhu

यी हुन सेयर बजामा धेरै मूल्य बढेका शीर्ष ५ कम्पनी

 

काठमाडौं । आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएर बन्द भएको छ । साताको पहिलो दिनको कारोबार बन्द हुदा सेयर बजार परिसूचक १७ अंकले आरोलो लागेको हो ।

आइतबार सेयर बजार घटे पनि ६४ कम्पनीको सेयर मूल्य बढ्यो । एक कम्पनीको सेयर मूल्यमा त सकारात्मक सर्किट नै लाग्यो । आइतबारको कारोबार बन्द हुँदा सकारात्मक सर्किट लागेर बन्द हुने कम्पनी हो नेपाल फाइनान्स लिमिटेड । यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढेर बन्द भएको छ ।

यो कम्पनीको सेयर मूल्य ६० रुपैयाँ १० पैसाले बढेर ६६१ रुपैयाँ १० पैसामा पुगेर बन्द भएको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शिर्ष पाँच कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, शिभ श्री हाइड्रोपावर, कुथेली बुखारी साना जलविद्युत लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर लिमिटेड छन् । आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर कारोबार बन्द भएको छ । यो कम्पनीको सेयर मूल्य १६४ रुपैयाँले बढेर १ हजार ८१४ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज शिभ श्री हाइड्रोको सेयर मूल्य ८.१७ प्रतिशत अर्थात् १३ रुपैयाँ ८० पैसाले बढेर १८२ रुपैयाँ ८० पैसामा कारोबार बन्द भएको छ । कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य ७.३५ प्रतिशत अर्थात् ११८ रुपैयाँ ५० पैसाले बढेर १ हजार ७३० रुपैयाँ पुगेको छ । दिव्येश्वरी हाइड्रोको सेयर मूल्य पनि ६.७१ प्रतिशत अर्थात् १३ रुपैयाँ २० पैसाले बढेर २१० रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal