Skip to content

इनम सापकोटले बयानमा लिए पूर्वप्रधानन्यायाधीश,नेतासहित ब्रोकरको नाम, अघिल्लो साता किनेका थिए सेयर (अडियोसहित)

nabil
global ime

काठमाडौं । अहिले चर्चामा रहेका बिचौलीया इनम सापकोटाको अडियो बाहिरिएको छ । अदालतमा विचाराधीन मुद्दामाका बिषयमा पक्राउ परेका सापकोटाले प्रहरीलाई दिएको बयानको अडियो बाहिरिएको हो ।

लगानीन्यूजलाई प्राप्त अडियोमा उनले विभिन्न नेता, ब्रोकर लगायतको नाम लिएका छन् । उनको बयानमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर मार्फत् अदालतमा विचाराधीन मुद्दामा चलखेल गर्ने गरेको खुलासा गरेका छन् ।

बयानमा उनले आइप्लेक्स मलको विवाद मिलाउन करोडौँ लेनदेन भएको उल्लेख गरेका छन् । चोलेन्द्र र उनका भाइ प्रभु शमशेरमार्फत् रकम आएको उनको दाबी छ ।

उनले आफ्नो धेरै सम्बन्ध चोलेन्द्र शमशेरसँग हुने गरेको दाबी गरेका छन् । विभिन्न बैंकमा खाता रहेको बताउने सापकोटाले विदेशमा पनि खाता रहेको जनाएका छन् । उनले एक बैंकमा खाता खोजेर विभिन्न कम्पनीको सेयर कारोबारका लागि लोन लिन लागेको जनाएको छन् ।

उनले ६२ नम्बर ब्रोकरका मालिकले सेयर किन्न भनेपछि सेयर किन्न लागेको बनायन दिएका छन् । ”उमेश सरले एउटा ग्रुप बनाउनु भएको छ । त्यसका अतितलाल श्रेष्ठ (ब्रोकर नम्बर ६२) छ । उहाँ सेयरको खेलाडी हो । उहाँले सेयर किनौ भनेको छ । सबैले उहाँ मार्फत सेयर किनेको छ” उनले भने ” ४,५ दिन भयो सेयर किनेको छ । मैले पनि किनेको हो । यो पैसा मेरै हो । सिटिजन्समा खाता खोलेको छ । ४ करोड लोन लिने, उहाँहरुको १ करोड तिरेर ३ करोडको बिजनेश गर्ने योजना रहेको छ ।”

बयानका क्रममा उनले बालकृष्ण खाँड, खाँड मार्फत शेरबहादुर देउवालाई २ पटक भेटेको, विशेष महाधिवेशनको समयमा १ पटक भेटेको, दीपक खड्का लगायतलाई भेटेको दाबी उनले बयानमा गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T