Skip to content
Prabhu

समस्याग्रस्त २९ सहकारी सञ्चालकलाई उपस्थित हुन संसदीय छानबिन समितिको निर्देशन

काठमाडौं । सहकारी संस्था वचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिको बैठकले अनुसूचिमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई उपस्थित हुन निर्देशन दिएको हो ।

समितिको बैठकबारे जनकारी गराउँदै समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचिमा रहेका २९ वटै सहकारीहलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताए । उनले सहकारी सञ्चालकहरुलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उनले उपस्थित नभए कानून बमोजिम नै कारबाही हुने चेतावनी दिए ।

समितिले गृहसचिव, प्रहरी महानिरीक्षकसहितलाई समेत शुक्रवार बस्ने समितिको बैठकमा उपस्थित हुन आग्रह गरिएको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal