Skip to content
Prabhu

नेपाल प्रहरीको इन्सपेक्टर र असईका लागि भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीअन्तर्गतको भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने भएको छ ।

आज  एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २ सय ५६ जना नियुक्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरेको जनाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाल प्रहरीको वेबसाइटमा गई अनलाइनमार्फत नै दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म रहेको जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal