Skip to content
Prabhu

नेपाल–भारत वाणिज्य सम्बन्धी समस्या समाधानका लागि नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा प्रस्तावित राजदूतलाई आग्रह

nabil

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारत उद्योग वाणिज्य सम्बन्धी समस्या समाधानका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मालाई आग्रह गरेको छ । शुक्रबार नेपाल–भारत उद्योग वाणिज्य संघले मित्रराष्ट्र भारतका लागी प्रस्तावित नेपाली राजदूत डा. शंकर शर्मासंग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नेपाल–भारत वाणिज्यको क्षेत्रमा बिद्यमान विभिन्न समस्या तथा गरिनुपर्ने पहलहरुका सम्बन्धमा एक विशेष प्रतिबेदन हस्तान्तरण गर्दै समाधनाका लागि आग्रह गरेको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष सुनिल केसीले संघका सदस्यहरुको तर्फबाट प्रस्तावित नेपाली राजदूत डा. शर्मालाई स्वागत गर्दे डा. शर्माद्वारा अघिल्लो कार्यकालमा गरेका पहलकदमीहरु सकारात्मक रहेको भएता पनि अझै नेपाल–भारतबीचको द्विपक्षीय ब्यापारको क्षेत्रमा समस्याहरु बांकी नै रहेको जानकारी दिए । भारत एक बिशाल अर्थतन्त्र भएको र नेपालको अत्यधिक ब्यापार पनि भारतसंगै भएका कारण पनि द्विपक्षीय ब्यापारका क्षेत्रमा समस्याहरु आइरहने तर समाधानमा महामहिम राजनदुत लगायत विभिन्न निकायको सकृयताको अपेक्षा रहेको स्मरण केसीले गराए ।

समस्याहरुको निराकरण गर्नको लागी नेपालको तर्फबाट सकृयतापूर्वक प्रभावकारी प्रयासहरु हुनुपर्नेमा ध्यानाकर्षण गराउंदै केसीले छलफलबाट आएका बिषयहरुले प्रस्ताबित राजदूत भएको कारण आगामी कार्यकाललाई सफल बनाउन र नेपालका भारत संगको ब्यापारको स्थितिलाई सकारात्मक रुपमा परिबर्तन गर्न सहयोग पुग्ने विश्वास पनि ब्यक्त गरे ।

नेपाल–भारत द्विपक्षीय ब्यापार तथा पारबहनको क्षेत्रमा बिद्यमान चुनौती लगायत समाधानका उपयाहरु प्नि छलफलमा उठेका थिए । भन्सार जांचपास, दुई देशको भंसारहरुमा हार्मोनाईज्डकोडको मिलान, भारतीय पोर्टहरुमा प्रस्तुत गर्नपर्ने बस्तु आयात सम्बन्धि कागजातहरु, कण्टेनरहरुको अतिरिक्त शुल्क लगायत कण्टेनरहरुको अभाव, ईसिटीएस लगाए बापतको अतिरिक्त शुल्कको भार, थप पोर्टहरुको उपलब्धता तथा सहजताको लागी पहल, बिराटनगर–जोगबनी रेलसेवाको प्रभावकारी संचालनको लागी आवश्यक कोडिङको ब्यबस्था, त्यसैगरि थप ड्राईपोर्ट तथा आईसिपीको निर्माण तथा संचालनका लागी पहल, भारतीय बजारमा नेपाली उत्पादनहरुको सहज पहुंचका लागी सहजीकरण, कृषीजन्य नेपाली उत्पादनहरुको निकासीका लागी क्वारेण्टाईन चेकपोष्टको सहज ब्यबस्था, नेपाली प्रयोगशालाको परिक्षण प्रमाणपत्रलाई मान्यता प्रदान गरिनुपर्ने, नेपालमा ठूला मेशीनरी सामानहरु ओभरहल गर्दा मर्मतका लागी भारत पठाउन जुन समस्या छ त्यसलाई कसरी निराकरण गर्न सकिन्छ– बैंक ग्यारेण्टी र बोण्डको माध्यमबाट हल गर्न सकिन्छ कि, त्यस्तै ३० प्रतिशतको मूल्य अभिबृद्धिलाई पूनरबिचार गर्ने, वाणिज्य सन्धिमा भारतबाट नेपालमा नेपालमा भारतीय मूद्रामा निकासी गरे पनि परिबत्र्य बिदेशी मूद्रामा निकासी गरे सरहको निकासी सुबिधा दिने तथा मूल उत्पत्तिको नियममा परिमार्जन, व्यापार प्रक्रियाहरू सरल बनाउने, र पारस्परिक मान्यता सम्झौता कार्यान्वयन गर्नुपर्ने जस्ता बिषयहरुमा पहल गर्न पनि महामहिम राजदुतलाई सुझाव दिइएको थियो ।

उक्त छलफल कार्यक्रममा सदस्यहरुले हालै भारतीय पक्षबाट केही नेपाली बस्तुहरुको आयातको लागी बिआईएस सर्टिफिकेशन लिन पर्ने भनेर रुकावट गर्ने गरेको, उक्त सर्टिफिकेशनको लागी आवश्यक सम्पूर्ण प्रकिृया पूरा गरेतापनि सम्बन्धित भारतीय अधिकारीहरुबाट उद्योग निरीक्ष्ँणमा आईनदिने जस्ता कारण समस्या उत्पन्न हुने गरेको बताउंदै आगामी दिनहरुमा त्यस्तो हुन नदिन पहल गरिदिन आग्रह गरिएको थियो ।

प्रस्ताबित नेपाली राजदूत डा. शर्माले संघले बिगत लामो समय देखि नै नेपाल–भारत बीचको द्विपक्षीय वाणिज्य तथा समग्र आर्थिक सम्बन्धको प्रबद्र्धनमा उल्लेखनीय कार्य गर्दै आएकोमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर जुन् सल्लाह एवं सुझाव सहितको कार्यपत्र दस्ताबेज प्रस्तुत गर्नुभयो त्यस्ले आगामी दिनमा नेपाली राजदूत अथवा नेपाली प्रतिनिधिको रुपमा निभाउनुपर्ने भूमिका सवल रुपमा निभाउन सहयोग पुग्ने विश्वास लिएको बताए । संघका निवर्तमान अध्यक्ष सृजना राणाले नेपाल–भारत उद्योग वाणिज्य संघले बिगतमा नेपालमा भारतीय पर्यटनको प्रबद्र्धनको लागी प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा पर्यटन प्रबद्र्धनको लागी नेपाली राजदूतावासको भूमिका उल्लेखनीय रहने हुनाले सो बिषय प्रस्ताबित नेपाली राजदूत डा. शर्मासंग आग्रह गरिन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal