काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ८ जनाको आवेदन परेको छ । कम्पनीले दोस्रोपटक खुलाएको आवेदनमा ८ जनाले आवेदन दिएका हुन् ।
पहिलोपटक आवेदन दिएका कुनै पनि उम्मेदवार सीईओमा छनोट हुन नसकेपछि दोस्रोपटक आवेदन माग गरिएको थियो । आवेदन दिन अन्तिम दिनसम्ममा ८ जनाको आवेदन परेको हो । आवेदन दिनेमा यसअघि पनि आवेदन दिएका रामदेव यादव र महेश रिमाल सहित प्रकाशमान बज्राचार्य, सुन्दर पन्थी, रामकृष्ण पन्थी, राजुनाथ खनाल र लक्ष्मण पराजुली रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्