Skip to content

कर्मचारी सञ्चय कोषले माग्यो प्रबन्धकदेखि ३८ जना कर्मचारी

काठमाडौं । कर्मचारी सञ्चय कोषले शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै ३८ जना कर्मचारी नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। उक्त कोषले आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो।

प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको छ।

सबै पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक–फरक तोकिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi