Skip to content

पाकिस्तानको आक्रमणमा भारतीय सेनाको मृत्यु

nabil bank
एजेन्सी । भारतको जम्मू–कश्मीरको पुन्छ सेक्टरमा पाकिस्तानी सेनाबाट भएको गोलीबारीमा भारतीय सेनाका एक जवान दिनेश कुमारको मृत्यु भएको छ । भारतीय सेनाले एक्समा एक पोस्टमार्फत जानकारी दिँदै भनेको छ, “हामी पुन्छ सेक्टरमा निर्दोष नागरिकहरूलाई लक्षित गरी गरिएको आक्रमणका सबै पीडितहरूसँग एकजुट छौं ।”
हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले पनि एक्समार्फत श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, “अपरेशन सिंदूरपछि आज बिहान जम्मुको पुंछमा पाकिस्तानतर्फबाट भएको गोलीबारीको डटेर सामना गर्दै मातृभूमिका वीर सुपुत्र, हरियाणाको पलवलका छोरा, जवान दिनेश कुमार शर्माले आफ्नो जीवनको सर्वोच्च बलिदान दिनुभयो ।”
भारतीय सेनाले भनेको छ, “पाकिस्तानले फेरि एकपटक संघर्षविराम सम्झौतको उल्लंघन गरेको छ ।”
यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रका नाम गरेको सम्बोधनमा पहलगाममा गएको महिना भएको घटनासँग पाकिस्तानको कुनै सरोकार नभएको बताएका छन्  । उनले पाकिस्तानमाथि गलत कारणले आरोप लगाइएको दाबी गरेका छन् । जम्मु–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि दुवै देशबीचको तनाव चुलिएको छ ।
भारतीय रक्षा मन्त्रालयले बुधबार बिहानै एक विज्ञप्तिमा भनेको थियो, “भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘जम्मा नौ वटा स्थानहरू’लाई लक्ष्य बनाएको हो ।”
भारतले भनेको छ, “पाकिस्तानले ‘आतङ्ककारीहरूको संरचना’ अन्त्य गर्न कुनै कदम चालेको छैन । भारतको कारबाही केन्द्रीत, मापन गरिएको र तनाव नबढाउने किसिमको थियो, पहलगामको आक्रमण अत्यन्तै क्रूर र बर्बर थियो ।”
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफ्नो सम्बोधनमा भने, “भारतले पाकिस्तानमाथि आक्रमण गरेर ठूलो गल्ती गरेको छ ।”
दुवै देशबाट भएको हवाई आक्रमणपछि भारत र पाकिस्तानमा करिब ५५० उडानहरू रद्द गरिएको छ । रियल–टाइम फ्लाइट ट्र्याकिङ सेवा फ्लाइटरडार २४ का अनुसार, हवाई हमलाहरूपछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडानहरू रद्द भएका छन् ।
फ्लाइटरडार २४ का तथ्यांकअनुसार, पाकिस्तानमा १३५ उडानहरू रद्द भएका छन् भने भारतमा ४१७ निर्धारित उडानहरू रद्द गरिएका छन् । बुधबार सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द भएपछि कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू प्रतीक्षारत देखिएका थिए ।
साथै अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिकाले भारत र पाकिस्तानबीचको झडपलाई ‘नजिकबाट निगरानी’ गरिरहेको बताएका छन् । प्रवक्ताले भने, “अमेरिकी अधिकारीहरू दुवै पक्षसँग सम्पर्कमा छन् र उनीहरूलाई आग्रह गरिरहेका छन् कि दीर्घकालीन शान्ति र दक्षिण एशियामा क्षेत्रीय स्थायित्व कायम गर्न उत्तरदायी समाधानको दिशामा काम गरून् ।”
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime