Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

सोमबार १९.३० अंक बढेर २६२८.३६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.६८ अंक घटेर २६२७.६८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ।

मंगलबार प्रिओपन सेसनमा ४७ स्टकको ७४ पटकको कारोबारमा ३० लाख ६९ हजार १४९ रुपैयाँ २० पैसाबराबरको ५ हजार १५९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi