Skip to content

‘ह्विलिङ चार्ज’ को विषयलाई एक हप्ताभित्र टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुङ्ग्याउन विद्युत् नियमन आयोगलाई निर्देशन दिएका छन् ।

आज ऊर्जा मन्त्रालयमा ‘ह्विलिङ चार्ज’सम्बन्धी भएको छलफलमा मन्त्री खड्काले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याइसकेकाले विद्युत् प्रसारण गर्दा लाग्ने ‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन निर्देशन दिए ।

“सरकारले लिएको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको बाटो खोलिएको छ, प्रसारण लाइन निर्माण गरेवापतको लाग्ने शुल्क टुङ्ग्याउन नसक्दा काम अगाडि बढ्न सकेको छैन, एक हप्ताभित्र ‘ह्विलिङ चार्ज’को विषयलाई टुङ्ग्याउनुहोस्”, मन्त्री खड्काले भने ।

मन्त्री खड्काले निजी क्षेत्रको सहभागितामा प्रसारण लाइन निर्माण गर्ने निर्णय गरेको लामो समय भइसक्दा ‘ह्विलिङ चार्ज’ को विषय टुङ्ग्याउन नसक्दा समस्या परेको बताए । रातदिन नभनी ‘ह्विलिङ चार्ज’ को विषयलाई टुङ्ग्याउनुपर्ने मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले प्रसारण लाइनको अभावका कारण खोलामा उत्पादित विद्युत् खेर गइरहेको र सुक्खा याममा भारतबाट विद्युत् आयत गर्नुपर्ने अवस्था रहेको भन्दै अब त्यसो हुन नदिने गरी काम गर्नुपर्ने बताए ।

बैठकमा विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र आयोगका सदस्य डा मधुसुदन अधिकारीले प्रसारण लाइनमा ‘ह्विलिङ चार्ज’को शुल्कबारे आयोगले अहिलेसम्म गरेको तयारीबारे मन्त्री समक्ष प्रस्तुत गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi