Skip to content

कालीकोटको टाकुल्लामा हाइस दुर्घटना हुँदा ७ जना घाइते

जुम्ला । जिल्लाको टाकुल्लामा आज बिहान जिप दुर्घटना हुँदा एक बच्चा, एक महिलासहित ७ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको हाइस गाडी कालीकोटको टाकुल्लामा दुर्घटना भएको थियो ।

घाइते सबैलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए।

बा१झ ०९७६ नम्बरको फोर्स अनियन्त्रित भई करिब १०० मिटर तल तिला नदीमा खसेको हो । दुर्घटनामा ५ जना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए ।

दुर्घटनास्थल कालीकोटमा भएको जानकारी त्यहाँको प्रहरी कार्यालयबाट प्राप्त भएको हो । अहिले कालीकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T