काठमाडौं । नेपाली प्रहरीले ठुलो संख्यामा जागिर खुला गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १५५३ प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जनाको जागिर खुला गरेको हो ।
प्रहरी जवानका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने छ ।
प्रहरी जवानमा असोज १९ देखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सकिने छ । आवेदन सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरबाट दिन सकिने छ ।
त्यसैगरी खेलाडीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा आवेदन दिन सकिने छ ।







प्रतिक्रिया दिनुहोस्