Skip to content

टेलिकमको प्रबन्ध निर्देशक पदमा १७ जनाको आवेदन

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले जेठ २२ गतेदेखि असार ४ गते मंगलबारसम्म दरखास्त दिने समय तोकेको थियो । निर्धारित समयमा १७ जनाको आवेदन परेको होे ।

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टचारको मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि टेलिकमकी उपमहाप्रबन्धक संगीता पहाडी अर्यालले निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहेकी छिन् । वैशाख ७ गते पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेसँगै टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया सुरु भएको थियो ।

प्रबन्ध निर्देशकका लागि आवेदन दिने १७ जनामा डा. विमल आचार्य, अनिलकुमार झा, निमित्त निर्देशक रहेकी संगीता पहाडी अर्याल, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, शालिकराम सुवेदी, डा. शालिग्राम पराजुली, कमल लामिछाने, सुभाष साह, केदारनाथ कोइराला र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका छन् । चिन्तामणि बराल, रमेशप्रसाद जोशी र नागेन्द्रकुमार दासले समेत आवेदन दिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi