Skip to content

नेपाल राष्ट्र बैंकले खुलायो ५२ जनाका लागि जागिर, कसरी दिने आवदेन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) पदमा ५२ जनाका लागि जागिर खुलाएको छ । यसका लागि आज बैंकले सूचनामार्फत दरखास्त आह्वान गरेको छ ।
बैंकले आज साउन ३२ गतेद्खि विद्युतीय माध्यममार्फत दरखास्त फारम पेस गर्र्न आह्वान गरेको हो । बैंकले सहायक निर्देशक (अधिकृत  तृतीय प्रशासन)का लागि ३४ , सहायक (सहायक द्वितीय प्रशासन)तर्फ १३ र सहायक (सूचना प्रविधि) द्वितीय प्राविधिकतर्फ पाँच जनाका लागि जागिर खुलाएको हो । बैंकले अधिकृत तहको  हकमा २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र सहायक पदका लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ । महिलला उमेम्मदावरको हकमा भने अधिकतम उमेर ४० वर्ष कायम गरिएको छ ।
बैंकले तोकिएको सम्पूर्ण विवरण दरखास्त फारममा उल्लेख गरी नेपाली नागरिकताको प्रमाणपत्र,  नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित निकाय वा संस्थाबाट समकक्षताको प्रमाणपत्र, तोकिएका अन्य कागजात तथा प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्र्ट साइजको विद्युतीय प्रति  संलग्न गरी आगामी भदौ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म दरखस्त पेस गर्न सकिने जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi