Skip to content

डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादः उद्योगमा लाइन काटेपछि राजस्व, बैंक ब्याज भुक्तानीको जिम्मेवारी कसले लिने ?

काठमाडौं । उद्योग संगठन मोरङले डेडिकेटेड फिडर तथा ट्रंकलाईन विद्युत् महसुलमा विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटेर उत्पादन ठप्प पारेपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनले उद्योगहरुमा विद्युत आपूर्ति काटिदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला ? उत्पादन ठप्प हुँदा रोजगारी, राजस्व तथा बैंक व्याज भुक्तानी, बजार श्रृंखला लगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न उठाएको छ । संगठनले विद्युत् आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको विद्युत् आपूर्तिलाई अविलम्व सूचारु गर्न मागसमेत गरेको छ।

संगठनले त्रिपक्षीय सरोकारवालाहरु नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित विषयलाई तत्कालै न्यायोचित निरुपणका लागी नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालाहरुमा जोडदार माग गरेको छ।

लामो समयदेखि विवाद समाधान हुन नसकेको तथा सरकार आफैंले ठोस रुपमा तत्कालै समाधानको पहल गर्नुपर्नेमा सरकार परिवर्तन भएपिच्छे पटक–पटक विवाद बल्झाई रहेको हुँदा यसले समग्र नीजि क्षेत्रप्रति नकारात्मक भाष्य सिर्जना भइरहेकोमा गम्भिर चासो र चिन्ता जनाएको छ ।

डेडिकेटेड र ट्रंकलाईन विद्युत् महशुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगीहरुबीच हुँदै आएको रस्साकस्सी र आ–आफ्नो अडानका कारण पेचिलो बनेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi