Skip to content

महासंघको वस्तुगतमा ढकालसहित ११ जना विजयी, ४ जनालाई समान मत

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनपछि वस्तुगत तर्फको मतगणना सम्पन्न भएको छ ।
मतगणना अनुसार वस्तुगत तर्फमा सागर ढकालसहित विजयी भएका छन् ।

परिणाम अनुसार अरनिको राजभण्डारीले ७० मत, नानिराज घिमिरेले ५२ मत, पशुपतिदेव पाण्डेले ६२, विदुर धमलाले ६८ मत, भक्त बहादुर हमाल ५६ मत, रवीन पुरीले ६६ मत, राज कुमार कार्कीले ६३ मत, लिलेन्द्र प्रधानले ६२ मत, संघर्ष बिष्टले ५१ मत, सागर ढकालले ६८ मत, होम प्रसाद घिमिरेले ५१ मत पाएका छन् ।

चारजनाको समान ५०-५० मत प्राप्त गरेका छन् । गोलाप्रथाद्वारा कार्यकाल तय गरिनेबारे छ्लफल भइरहेको छ । निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान मत पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T