Skip to content

महासंघमा हुँदा मैले गरेको बाचा पुरा गरे: निवर्तमान अध्यक्ष ढकाल

nabil bank

काठमाडौ । उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले निर्वाचनमा आफुले गरेको सबै बाचा करिब पूरा गरेको बताएका छन् ।

महासंघको अधिवेशन समापनका क्रममा उनले यस्तो बताएका हुन् । उनले आफ्नो कार्यकालमा बर्षौदेखि रोकिएका कानुन परिवर्तन गर्ने लगायत धेरै काम भएको दाबी गरे ।

उनले अहिलेको सरकारले पिएसपीपी पास गरेर निजी क्षेत्र हेर्ने सरकारको नीति परिवर्तन भएको महशुस भएको बताए । महासंघले बनाएर पठाएको मस्यौदा अनुसार मन्त्रिपरिषदले पिएसपीपी स्वीकृत गरेको उल्लेख गरे ।

ढकालले निजी क्षेत्रका बिषय अघि बढाउन पदमा हुँदा वा नहुुदा सधै सहयोग गर्ने बताए । महासंघले हालसम्म प्राप्त गरेको उपलब्धिलाई निरन्तरता दिँदै जानुपर्ने धारणा राखे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi