काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदभार पदबहाली गरेका छन् ।
उनले आज पदबहाली गरेका हुन् । पद बहाली गर्ने क्रममा उनले सरकारले निजी क्षेत्रको लागत कम गर्ने, सुरक्षाको प्रत्याभूति गराउने, लगानीको वातावरण बनाउनु पर्ने बताए ।
सरकारले करको दर घटाउने भनेको, अहिले कालाबजारी ऐन हटाएको केही सकारात्मक संकेत देखिन थालेको बताए ।
सरकारले निजी क्षेत्रलाई समस्या हुने व्यवस्था हटाउँदै जानु यो क्षेत्रमा लागि राम्रो विषय भएको धारणा राखे । उनले सहकारीको समस्या आएपछि साना मझौला उद्यमी व्यवसायीलाई पुँजीको अभाव भएको बताए ।
बैंक वित्तीय संस्थामा तरलता प्रयाप्त भएपनि साना तथा मझौला उद्योगको कारोबार सहकारीमा भएको र सहकारीमा समस्या आउँदा त्यसको असर देखिएको उनको तर्क छ ।












प्रतिक्रिया दिनुहोस्