काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन जेठ ८ गते हुने भएको छ ।
महासंघले सूचना जारी गर्दै उम्मेदवार मनोनयनको प्रक्रिया अगाडि बढाएको जनाएको छ । कार्यकारिणी समितिको जेठ ८ गतेको बैठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने जनाएको छ ।
महासंघको बहालवाला कार्यकारिणी समिति सदस्य र पूर्वपदाधिकारीले उम्मेदवारी दिन सक्ने जनाइएको छ ।
वैशाख २१ र २२ गते महासंघको ६०औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।












प्रतिक्रिया दिनुहोस्