Skip to content

बालेन सरकारसँग त्रसित बन्दै व्यवसायी, थप एक दर्जन ‘राडार’मा

nabil bank

काठमाडौं । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीलाई गरिरहेको धरपकडलाई बढाइरहेको छ । चैत तेस्रो सातायता सरकारले आधा दर्जन बढी व्यवसायीलाई पक्राउ गरिसकेको छ ।

स्रोतका अनुसार सरकारले करिब १ दर्जन व्यवसायीलाई पक्राउको राडरमा राखेको छ । स्रोतका अनुसार प्रशासनले अहिले निर्माण व्यवसायी, रेमिट्यान्स कारोबार गर्ने, बैंकर, अटो मोबाइल क्षेत्रका व्यवसायीहरुलाई नजिकै बाट निगरानी गरिरहेको जनाइएको छ ।

सरकारले चैत १९ गते व्यवसायी दीपक भट्टलाई पक्राउ गरेपछि अर्थमन्त्री डा. स्वार्णिम वाग्लेसँग सञ्चारकर्मीहरुले भेट्दा सरकार नीजि क्षेत्र मैत्री रहेको र अब व्यवसायीलाई धरपकड नगर्ने बताएका थिए ।

उनले कतिपय भेटमा सरकारले भट्टसहित डेढ दर्जन भन्दा बढि व्यवसायीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको भएपनि व्यवसायी वातावरण बिग्रन्छ भनेर अनुसन्धानको क्रममा आवश्यक परे बोलाएर बयान लिने बताएका थिए । यो कुरा मन्त्री वाग्लेले उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाहरुको भेटमा पनि भनेका थिए । तर, अर्थमन्त्रीको भनाई एकातिर, गृहप्रशासनको काम गराई अर्कोतिर भएको छ । जसले गर्दा वाग्लेले भने जस्तो डेढ दर्जन व्यवसायीमाथी अनुसन्धान हुने देखिएको छ ।

निजी क्षेत्रले पहिला सुन्ने अनि मात्रै थुन्ने नीति लिन माग गरिरहँदा पनि प्रशासनले धमाधम व्यवसायीलाई पक्राउ गर्न थालेपछि केही व्यवसायीहरुले नेपाल छाडेको स्रोतको दाबी छ । नेपाल छाड्नेमा हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धीत पनि रहेको स्रोतको भनाइ छ । मंगलबार मात्रै नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।

स्रोतका अनुसार प्रशासनले करिब १ दर्जनभन्दा बढि व्यवसायीलाई अदालती प्रकृया पुरा गरेर नजिकबाट नियाली रहेको छ । अहिले सरकारले धितोपत्र सम्बन्धी कसुर र बीमा ऐन सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण, विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा पक्राउ तथा अनुसन्धान गरिरहेको छ ।

सरकारले २०८२ चैत्र १९ गते व्यवसायी दीपक भट्टलाई पक्राउ गर्यो । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनलाई ब्यूरोले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा पक्राउ गरेको हो ।

भट्टलाई बीमा, धितोपत्र, सम्पत्ति शुद्धीकरणका साथै बैंकिङ कसुरमा पनि अनुसन्धान भइरहेको छ । ब्यूरोले भट्टलाई पक्राउ गरे लगत्तै चैत २० गते शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाललाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गर्यो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध छानबिन गरेको थियो ।

अग्रवालको सम्पत्ति स्रोत, कारोवार र वित्तीय गतिविनि संकास्पद भएको पाएपछि उनी पक्राउ परेका हुन् । यस्तै ब्यूरोले २०८२ चैत्र २२ गते सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ गरेको छ ।

शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीचको शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा अग्रवाललाई ब्यूरोले पक्राउ गरेको हो । शंकर ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।

करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको बताइएको छ ।
ब्यूरोले त्यसपछि वैशाख १० गते हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई पक्राउ गर्यो ।

गोल्छालाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा ब्यूरोले पक्राउ गरेकोे हो ।

हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा ऐ ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरेको ब्यूराले जनाएको छ ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ गरेको हो । उनलाई बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा पक्राउ गरेको जनाइएको छ ।

उनलाई बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा पक्राउ गरेको जनाइएको छ । नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललितपुरको वैशाख ८ गतेको पत्रअनुसार आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनमा निष्कर्ष तथा सुझावसहित अनुसन्धानका लागि विवरण प्राप्त भएको र उक्त प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडसमेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा १ को खण्ड (छ) बमोजिम कसूर गरेको उल्लेख गरिएको ब्यूरोले जनाएको छ । भट्ट र अग्रवाललाई पनि यही कसुरमा अनुसन्धान भइरहेको छ ।

ब्यूरोले वैशाख ११ गते निर्माण व्यवसायी बिक्रम पान्डेलाई पक्राउ गरेको छ । राप्रपा नेता समेत रहेका पाण्डेलाई ब्यूरोले पक्राउ गरेको हो । ठेक्का पार्ने क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा छ ।उनी कालिका कन्ट्रक्शन निर्माण कम्पनीका सञ्चालक हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पु¥याइ विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा पक्राउ गरिएको हो । ब्यूरोले पाण्डेसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि सोही कसुरमा पक्राउ परेका छन् ।

उनीहरूमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।

सोही कसुरमा हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुर ९ जना शङ्कास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको छ । ब्यूरोले सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–गभन्र्मेन्टव प्रोक्र्युर्मेन्ट (ई–जीपी) प्रणाली ह्याक गर्ने थप २ जनालाई बैशाख १३ गते पक्राउ गरेको छ ।

उक्त मुद्दामा हालसम्म १० (दश) जना निर्माण व्यवसायिहरु समेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिहरुलाई प्रक्राउ गरी अनुसन्धान कार्य भई रहेको  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले जानकारी दिएको छ।

ब्यूराले स्वदेश पोखरेल र नुवाकोटका प्रकाश ढुंगानालाई पक्राउ गरेको हो । पोखरेल ईन्कोन प्रालिका लेखापाल हुन् भने ढुंगाना कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक हुन् ।

सरकारले भट्टमाथी अनुसन्धान गर्न थालेपछि अन्य पनि तानिएका हुन् ।

करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको बताइएको छ ।

विभागले पुस २०७९ मा भट्टसँग प्रारम्भिक बयान लिएको थियो । तत्कालिन समयमा भट्टको दबाब र प्रभावका कारण उनको अनुसन्धान प्रभावित भएको छ । त्यो समयमा उनी विरुद्ध सामान्य छानबिन गरेर मुद्दा चलाइएको थिएन ।

फागुन २१ गते भएको निर्वाचनपछि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बनेपछि पुरानो फाइल खुलेको हो । सरकारले त्यो फाइल खोले लगत्तै धमाधम व्यवसायीहरु पक्राउ पर्न थालेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi