काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा अध्यक्ष अञ्जन श्रेष्ठले टिममा विभाजन भएपनि बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित गराउन सफल भएका छन् ।
अञ्जन समूहबाट बरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भए ।
वैद्य यसअघि जिल्ला नगर तर्फ उपाध्यक्ष थिए भने प्रधान अघिल्लो पटक बस्तुगत उपाध्यक्षमा पराजित भएका थिए । प्रधानलाई श्रेष्ठले शुक्रबार नै कार्यकारिणी सदस्यमा मनोनयन गरेका थिए ।
बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा अञ्जन समूहमा विभाजन देखिएको थियो । अञ्जनको समूहमा रहेका एशोसियट उपाध्यक्ष प्रवलजंग पाण्डेले बरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र कोषाध्यक्षमा अम्बिका पौडेललाई अगाडि सारेका थिए ।












प्रतिक्रिया दिनुहोस्