काठमाडौं । विराटनगरका उद्योगी बेनीगोपाल मुन्दडाको निवासमा सोमबार गरिएको प्रहरी अपरेसन गरेका विषयमा संघीय संसदमा सांसदहरुले चर्को विरोध जनाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद गुरु प्रसाद बरालले उक्त घटनाको चर्को विरोध जनाए । उनले सरकारका गतिविधिले विराटनगर अशान्त भएको बताए । उनले यस्ता गतिविधिले औद्योगिक तथा व्यवसायी घराना स्तब्ध, चिन्तित र आतंकित भएको दाबी गरे ।
“हिजो मात्रै विराटनगरमा दशकौदेखि आर्थिक व्यवसाय गरिरहेको, त्यहाँको प्रतिष्ठित घराना, विगत लामो समयदेखि विराटनगरको खाध्य उद्योग, शैक्षिक क्षेत्र, हवाई, औद्योगिक लगायत क्षेत्रमा लगानी गरिरहेको एउटा औद्योगिक घरानालाई अचानक बिहान ५ बजे गएर घेरा हालेर एउटा ठूलो अन्तराष्ट्रिय तस्करको जस्तो अनुसन्धान गर्ने काम भयो” उनले भने, “त्यसले यो परिवारको प्रतिष्ठालाई गम्भिर आँच पुर्याएको छ । बेनीगोपाल मुन्दडाको परिवारमा पुगेको प्रतिष्ठाको क्षतिलाई सरकारले कसरी भरणपुरण गर्न सक्छ ? यसले निजी क्षेत्रमा निकै नकारात्मक असर परेको छ । यसरी समृद्धि आउन सक्दैन । यो घटनाले विराटनगर अशान्त भएको छ । औद्योगिक र व्यवसायी घराना स्तब्ध, चिन्तित र आतंकित भएका छन् ।





प्रतिक्रिया दिनुहोस्